नेपालमा पनि वेब सिरिजको चर्चा

काठमाडौं । कोरोनाको कहर पछि हलिउड बलिउडतिर वेब सिरिजको निर्माण ह्वात्तै बढन थाल्यो । सिनेमा हलहरु बन्द भएपछि चलचित्रकर्मिहरु बिकल्पको खोजिमा लाग्नु स्वभाविक पनि थियो । कोरोनाको मारले थन्किएको नेपाली चलचित्र जगतले पनि बिकल्प का रुपमा वेव सिरिज तर्फ कदम बढाएको छ । यश क्रममा यो साता दुईवटा वेव सिरिज चर्चामा आए । पहिलो रंगमञ्चका स्थापित कलाकारहरु सम्लग्न सिरिज ‘ईओजी’ अनि दोस्रो ह्यापी रेकोर्ड्स नेपालले निर्माण गर्न लागेको ‘अघोरी’ ।
प्रकु पाण्डेले निर्देशन गरिरहेको वेव सिरिज ‘ईओजी’मा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानिसका रुपमा अवतरित भगवानहरुको कथालाई मनोरन्जक ढंगले प्रस्तुत गरिएको छ ।
संगीत सापकोटाद्वारा लिखित यो सिरिज सगुन पोख्रेलले निर्माण गरेकी हुन् । जसमा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुंगाना ‘सरिता’का साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल आदि पचास भन्दा बढी रंगमञ्चका कलाकारले अभिनय गरेका छन् ।
यसैगरी ह्यापी रेकोर्ड्स नेपालले निर्माण गर्न लागेको वेबसिरिज ‘अघोरी’ को मुख्य भूमिका संचारकर्मी तथा अभिनेता रेमनदास श्रेष्ठले निर्वाह गर्ने भएका छन् ।क्राइम थ्रिलर बिधाको यो सीरीजका अन्य कलाकारमा सुमन चित्रकार श्रेष्ठ, सपना तामाङ, किरण स्याङतान, सिरन बज्राचार्य, निश्चल जङ्ग,अमिसा, तृप्ति आदि अनुबन्धित छन् ।
सुजन मानन्धरले निर्देशन गर्ने अघोरीको कथा सुमन चित्रकार श्रेष्ठले लेखेका हुन् ।यसअघि ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ शीर्षकको वेब सीरीज निर्माण गरेको कम्पनीले यसपटक केही फरक प्रस्तुती दिन लागेको निर्देशक मानन्धरले बताएका छन् ।
प्रतिक्रिया