आइतबार, वैशाख ७, २०८२

क्यान इन्फोटेक २०२१ काेराेनाका कारण स्थगित

नेपालखोज २०७८ वैशाख ६ गते १५:४२

काठमाडौं । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी गर्ने संस्था क्यान इन्फोटेकको प्रदर्शनी कोरोनाका कारण स्थगित भघएको छ । प्रविधिको विकासका लागि बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करणको प्रदर्शनी स्थगित भएको हो ।


यो पटक मिति २०७८ साल बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरी तयारी गरिएकोमा कोभिड-१९ को दोश्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको कारण स्थगित भएको इन्फोटेकले जनाएको छ ।

प्रतिक्रिया