राम नवमीको अवसरमा प्रदेश २ सरकारले दियो सार्वजनिक बिदा
नेपालखोज
२०७८ वैशाख ८ गते ८:४९

धनुषा । प्रदेश २ सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी राम नवमीको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ ।भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा प्रदेश सरकारले बिदा दिएको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, मुख्यमन्त्री लालबाबु राउतले प्रदेशवासीलाई रामनवमीको शुभकामना पनि दिएका छन् । जनकपुरधाममा रहेको जानकी मन्दिरमा बडा दशैं‚ चैते दशैं र विवाह पञ्चमीमा विशेष पूजा र मेला लाग्ने गर्छ । यी अवसरमा देशभित्र र भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्री आउने गर्छन् ।
सम्बन्धित
प्रतिक्रिया