बिहीबार, वैशाख ११, २०८२

गोसाइँकुण्डमा शिवमूर्ति राखिँदै

नेपालखोज २०७८ वैशाख ८ गते १३:१५


रसुवा । नीलकण्ठ विराजमान तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने भएको छ । छब्बीसौँ वन्यजन्तु सप्ताहअन्तर्गत गोसाइँकुण्ड गाउँपालिकाले धुञ्चेमा आयोजना गरेको साताव्यापी पालिका अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिताको समापनका अवसरमा वाग्मती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले २७ फिट अग्लो मूर्ति प्रतिस्थापन गर्ने गृहकार्य अगाडि बढेको बताए ।

प्रदेश सरकारले गोसाइँकुण्ड बृहत् गुरुयोजना बनाइसकेको र पूर्वाधार विकासमन्त्री फुयाँलले बोलेका कुरा कार्यान्वयन गर्न धमाधम अगाडि बढिरहेको जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भटृले बताए ।

तीर्थको पश्चिमतर्फ अमरसिंह थापाले शहादत प्राप्त गरेको स्थानमा पनि अमर शालिक राख्न बोलपत्र प्रक्रिया अगाडि बढेको बताइएको छ ।

प्रतिक्रिया