युरेपियन स्ट्यान्डर्ड अटोमेशन हाउजिङलाई नेपाल भित्र्याउँदै अर्बन स्पेस

काठमाडौं । विश्वस्तरीय शहरी–बसोबास “अर्बन स्पेस”को उद्घाटन अप्रिल २४, २०२१ मा ललितपुरको सातदोबाटोमा भएको छ । कार्यक्रमकाे उद्घाटन मिस नेपाल २०१८–सुश्री श्रृंखला खतिवडा र “अर्बन स्पेस”का संस्थापक बिपिन गैरैले गरेका हुन् ।
अर्बन स्पेसका संस्थापक गैरेले भने, “हामी नेपालमा हाउजिङ्गको नयाँ अवधारणा प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौँ । यो एक रिभोलुसनरी आइडिया हो जुन आर्किटेक्चर र इनोभेसनमा केन्द्रित रहेको छ । यो परियोजना नेपालमा एक नौलो सुरुवात हो । हाल हामीले यो प्रोजेक्ट काठमाडौँ उपत्यकाबाट सुरु गर्दैछौँ र यो परियोजना सम्पूर्ण नेपालमा विस्तार गर्ने योजना बनाएका छाैं ।
आर्कीटेक्ट इन्जिनीयर तथा मिस नेपाल २०१८ श्रृंखला खतिवडाले भनिन्, “अर्बन स्पेस भनेको साना(साना घरहरुको जग्गालाई जोडी ब्याकयार्डलाई हटाएर एक साझा खुल्ला स्थान बनाउनु हो । यो हाउजिङ्गको नयाँ इनोभेटिभ र डेमोव्रmेटिक कन्सेप्ट हो । मानिसहरु पर्खालले बाँधिएका छन् र आफ्नो ठाउँ भित्र मात्र सीमित छन् तर अर्बन स्पेसमा एक व्यक्तिले आफ्नो सानो थोरै जग्गाको बाँडफाँड गरेर व्यापक साम्प्रदायिक ठाउँको आनन्द लिन सक्दछन् ।”
अर्बन स्पेसका चिफ ब्रान्डिङ अफिसर शिव कँडेलले भने, “अर्बन स्पेसले विशेष गरी सहरका क्षेत्रहरुमा बाउन्ड्री लेस सोसाइटीको कल्पना गर्दछ र यसैले गर्दा यो शहरी योजनाकारहरुको लागि मात्र नभई दिगो विकास लक्ष्यहरुमहरुमा गहन विश्वास गर्ने बृहत्तर दर्शकहरुको लागि पनि विश्वव्यापी अभियान हो, जसले दिगो शहर र समुदायहरुको परिकल्पना गर्दछ । अर्बन स्पेस भनेको कसरी शहरहरुको इलाकामा विशेष भरोसायोग्य छिमेकीलाई अटोमेसन टेक्नोलोजीले टेवा पु¥याउन सकिन्छ भन्ने प्रोटोटाइपको परियोजना हो ।”
अर्बन स्पेस बंगला र हाउजिङको एउटा मिश्रित हाउस हो जसमा प्रत्येक घरको लागि छुट्टै प्रवेश गर्नएन्ट्री बनाइएको हुन्छ । यस परियोजनाको अभिप्राय भनेको गेटेड समुदायलाई डिस्ट्रोइ गरी सोसियल कम्युनिटीको निर्माण र फोस्टर गर्नु हो । अर्बन स्पेसको उदे्श्य भनेको सुखद शहरी जीवनको अनुभव प्रदान गर्नु हो र यो ललितपुरको मुटु (रिंग रोड देखि २०० मिटर बाहिर)मा अवस्थित रहेको छ । यस परियोजनामा १२ विशिष्ट घर रहेका छन् जसले एक अर्का बीच सद्भाव कायम राखी जीवनशैली र वातावरणमा विविधता प्रदान गर्दछन् ।
यो मास्टर प्लानसेफ्टी, कन्भेनियन्स, कम्फर्ट र युनिक डिजाइनमा केन्द्रित छ जहाँ मानिसलले विविध सामाजिक जीवनको अनुभव गर्न सक्नेछन । डिजाइन गरिएका युनिक फिचरहरुले मानिसहरुलार्ई फाइदा पूर्णरुपमा विभिन्न सुविधाहरु प्रदान गर्ने छ । अर्बन स्पेसको विशेष फाइदाहरुमा भूकम्प प्रतिरोधी, २४ घण्टा वाटर सप्लाई, स्मार्ट ग्यास पाइपलाइन, फायर फाइटिंग प्रणाली, स्मार्ट सर्भेलेन्स, फुल्ली इन्सुलेटेड वाल, साउन्ड इन्सुलेशन, मोड्युलर किचन, सेन्ट्रल हीटिंग जस्ता सुविधाहरु समावेश छन् ।
अर्बन स्पेसका उल्लेखनीय टोलीका सदस्यहरुमा प्रोफेसनल्सहरु रहेका छन् जसमा पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, किंग्स कलेजबाट स्नातकको रुपमा एमबीए ग्राजुएटस्हरु रहेकाछन् । टोली सदस्यहरुको वास्तुकलाको क्षेत्रमा एक उल्लेखनीय अनुभव रहेको छ । उनीहरुको विश्वसनीय उपलब्धिहरुमा २५० भन्दा बढी घरहरुको निर्माण, ५००० डिजाइन र सम्पत्ति व्यवस्थापनमा १०,००० भन्दा बढी व्यक्तिहरुसँगको परामर्श रहेको छ । अर्बन स्पेस मार्फत नेपालको टाउन हाउजिङ्गको अवधारणा सफलतापूर्वक सुरु गर्न टोलीले ५० भन्दा बढी देशका १०० जनाभन्दा बढी पेशेवरहरुसँग परामर्श गरेको थियो ।


प्रतिक्रिया