एनआईबीएल समृद्धि फण्डको ५४ प्रतिशत इकाई पहिलो दिनमै बिक्री
नेपालखोज
२०७८ वैशाख १४ गते १५:००

काठमाडौं । एनआईबीएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबीएल समृद्धि फण्ड दोस्रोको पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ ।
इकाई खरिदको लागि कुल इकाईको ५३ दसमलव ४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ ।
क्यापिटलले बैशाख १३ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब दुई करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।
फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।
उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा २०७८/०१/१६ गतेसम्म रहेको क्यापिटलले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया