सोमबार, वैशाख ८, २०८२

हेटाैंडामा पनि कोरोना संक्रमित बढे

नेपालखोज २०७८ वैशाख १५ गते ११:००

मकवानपुर । हेटाैंडा पनि कोरोनाको बिरामी बढेका छन् । मकवानपुर जिल्लामा मात्र हाल ६० जनाभन्दा बढी कोरोनाका बिरामी देखा परेका छन् ।

मकवानपुरमा २१ जना महिला र ३९ जना पुरुष गरी कूल ६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । 

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५६ जना रहेका छन् ।

१ सय ३९ जनाको स्वाबको नमुना परीक्षण गर्दा हेटौँडा उपमहानगरपालिकाका ५६ जनासहित मकवानपुरगढी गाउँपालिकाका एक जना, भीमफेदी गाउँपालिकाका २ जना र बारा जिल्लाका १ जनामा संक्रमण पुष्टि छ । 


संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ का रहेका छन् । 

प्रतिक्रिया