सोमबार, वैशाख ८, २०८२

निषेधाज्ञा हुने जिल्लाहरू थपिने क्रम बढ्याे

नेपालखोज २०७८ वैशाख १५ गते ११:३१

काठमाण्डाैं । उपत्यकाका तीन वटा जिल्लामा ( काठमाडाैं , भत्तपुर,ललितपुर) मा भााेलि अर्थात, बैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा सुरु हुँदैछ ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा लगाउने निर्णय गरे पनि पछि मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

यो निर्णयसँगै काठमाण्डौका तीनवटै जिल्लामा बिहीबार बिहान ६ बजेदेखि १५ दिनसम्म निषेधाज्ञा लाग्ने भएकाे हाे ।

यसैबिच काठमाण्डौंमा मात्रै नभएर कोरोना संक्रमण बढी भएका अरु जिल्लामा पनि निषेधाज्ञा लगाइएको छ ।

कास्की, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा लगाइएको छ । बर्दिया, बाग्लुङ र कालिकोटमा भने आंशिक निषेधाज्ञा लगाइने भएकाे छ । 

त्यस्तै संक्रमण थपिएसँगै निषेधाज्ञा पनि थपिदै जाने भएकाे छ । बाँकेमा १३ गतेदेखि २० गतेसम्म, कास्कीमा १५ गतेदेखि २१ गतेसम्म, दाङमा १७ गतेदेखि २५ गतेसम्म, कैलाली र पर्सामा १६ गतेदेखि २२ गतेसम्म, रुपन्देहीमा १६ गतेदेखि २९ गतेसम्म, सुर्खेतमा १५ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा लगाइएको छ । 

केन्द्र सरकारले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ । यसैअनुसार जिल्ला तहमा पनि निषेधाज्ञा लगाइएको हो ।

प्रतिक्रिया