बजारमा कृत्रिम अभाव सिर्जना गरे हदैसम्मकाे कारबाही गर्छाैं- वाणिज्य विभाग

काठमाडौं । बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले अनावश्यक सामान सञ्चित नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अपिल गरेको छ ।
बजार अनुमगनको क्रममा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त मात्रामा रहेको र खाद्यान्न सामग्री सहज रुपमा आपूर्ति भइरहने भएकाले अनावश्यक रुपमा किनेर नथुपार्न विभागले विज्ञप्ति मार्फत आग्रह गरेको हो ।
विभागले आज एक विज्ञप्ति निकाल्दै अहिलेको विषम परिस्थितिमा विभिन्न व्यक्ति तथा व्यवसायीहरुबाट अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव गराउने, भ्रामक सूचना सम्प्रेषण गर्ने, सामान लुकाउने लगायतका क्रियाकलाप बढेको पाइएकाले हल्लाको पछि नलाग्न विभागले सचेत गराएको जनाएको छ ।
कसैले अनावश्यक भण्डारण गर्ने, सामान लुकाउने र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिने पनि विभागले जनाएको छ ।
यस्तै कसैले यस्ता गतिविधि गरेको भेटेमा विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया