हास्य कलाकार मदनकृष्ण कोरोनामुक्त
नेपालखोज
२०७८ वैशाख १८ गते १२:१५

काठमाडौं । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोनामुक्त भएका छन् ।
एक साताअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका उनी आज घर फर्किएका हुन् । काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा ८ दिनको उपचारपछि उनी शनिबार स्वस्थ भएर घर फर्किएका हुुन् ।
कोरोनामुक्त भएपछि उनले भिडियोमार्फत आफ्नो अनुभव सुुनाउँदै कोरोनाबाट बच्न सबैलाई अपिल गरेका छन् । त्यसक्रममा उनले मास्क लगाउनुका साथै स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनका परिवारका पाँचैजना सदस्यलाई कोरोना भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया