आइतबार, वैशाख ७, २०८२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, प्रदेश प्रमुखले गरे स्वीकृत

नेपालखोज २०७८ वैशाख १९ गते ९:४६

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सरकार गठन हुँदाको अहिलेको कानुनी परिस्थिति फरक भएकाले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६९ (१) (क) अनुसार राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेस गरेको अविश्वास प्रस्तावमा प्रदेशसभामा आजबाट छलफल सुरु हुँदै थियो ।

भोलि मतदान गर्ने तयारी थियो ।

प्रतिक्रिया