मंगलबार, वैशाख ९, २०८२

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

नेपालखोज २०७८ वैशाख २० गते १३:१६

महाेत्तरी । जिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरोना सङ्क्रमणबाट दुईको मृत्यु भएको छ ।

भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना नातेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका–२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै जलेश्वर नगरपालिका–२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृत्यु भएको छ । यसअघि महोत्तरीको विभिन्न ठाउँमा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया