गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त
नेपालखोज
२०७८ वैशाख २० गते १७:५१

काठमाडौं । सरकारले गण्डकी प्रदेशकाे प्रमुखमा सीता पौडेललाई जिम्मेवारी दिएकाे छ ।
सुदूपश्चिम प्रदेश प्रमुखमा भने गंगाप्रसाद यादवलाई नियुक्त गरिएकाे छ ।
यसकाे कार्यान्वयनकाे लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिएको थियो ।
प्रदेश प्रमुख नियुक्त यादव पूर्वउपसभामुख हुन् । पौडेल भने महिला आन्दोलनमा लागेकी व्यक्तित्व हुन् । दुवै व्यक्तित्व प्रदेश प्रमुखका लागि सक्षम भएकाले नियुक्त गरिएको सरकारकाे दाबी छ ।
सम्बन्धित
प्रतिक्रिया