बलिउड अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेन्ड
नेपालखोज
२०७८ वैशाख २१ गते १३:३७

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेन्ड भएको छ ।
कंगनाले सोमबार (हिजो) पश्चिम बंगालमा हिंसा हुने दाबी गर्दै ट्विट गरेकी थिइन् । त्यसपछि कंगनाको ट्विटमाथि सर्वसाधारणहरुले हिंस्रक एवं भड्काउ भन्दै प्रतिक्रिया जनाएका छन् । कतिपयले कंगनाको ट्विटर एकाउन्ट बन्द गर्नुपर्ने मागसमेत राखेका थिए ।
ट्विटरले कंगनाको अकाउन्ट अहिले सस्पेन्ड गरेको छ । तर के कारणले सस्पेन्ड गरिएको भन्नेबारे ट्विटरबाट आधिकारिक रुपमा खुलाइएको छैन ।
‘ट्विटरले यस्ता अकाउन्ट सस्पेन्ड गर्छ जसले ट्विटरको नियमहरुको उल्लंघन गर्छ,’ कंगनाको अकाउन्टमा लेखिएको छ ।
-बीबीसी

सम्बन्धित
प्रतिक्रिया