मंगलबार, वैशाख ९, २०८२

नेप्से २६ सय ३७ अंकमा, सातामा ३३ अर्ब ९६ करोडको कारोबार

नेपालखोज २०७८ वैशाख २४ गते १२:३९


काठमाडौं । सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारी रोकथाम तथा नियन्त्रणको लागि यो सातादेखि निषेधाज्ञा जारी गरेको भएपनि सेयर बजारमा यसको खासै प्रभाव देखिएन ।

धेरैजसो लगानीकर्ताहरुले अनलाइनबाटै सेयर खरिद बिक्री गर्ने गरेको आधारमा निषेधाज्ञा कै अवधिमा पनि नेपाल स्टक एक्सचेन्जको नियमित कारोबार कक्ष खुला थियो ।

सोही कारण पनि हुन सक्छ सेयर बजारमा निषेधाज्ञाको प्रभाव न्युन देखियो । नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुला थियो । जसमध्ये पहिलो र तेस्रो दिन नेप्से बढे पनि बाँकी दिनहरुमा घटेको थियो । जसअनुसार यो साता नेप्से २६ सय ३७ दशमलव १३ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि चार सय ७३ दशमलव चार अंकमा कायम हुन पुगेको छ ।

साताभर कुल दुई सय २६ वटा कम्पनीहरुको तीन लाख ९९ हजार एक सय १८ पटकको कारोबारमा सात करोड ५६ लाख चार हजार आठ सय ९५ कित्ता सेयर खरिद बिक्री भएका थिए ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ३३ अर्ब ९६ करोड ९२ लाख ३३ हजार दुई सय २३ रुपैयाँ पुुगेको छ । नेप्सेका अनुसार यो कारोबार रकम गत साताको तुुलनामा सामान्य रुपमा बढी हो ।

नेप्सेमा गत साता भने दुुई सय २० वटा कम्पनीहरुको तीन लाख ५१ हजार तीन सय २२ पटक कारोबार भएको थियो । जसअनुसार पाँच करोड ६५ लाख ८८ हजार दुुई सय ९४ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोबार रकम २७ अर्ब ३३ करोड १६ लाख ७० हजार पाँच सय ४५ रुपैयाँ पुुगेको थियो ।

यो साता सुरुवाती कारोबार दिन ५४ अंकले बढेर २६ सय ६५ दशमलव १० अंकमा सिमित हुुन पुुगेको नेप्से अन्तिम कारोबार दिन १२ दशमलव ४७ अंकले घटेर दुई हजार ६ सय ३७ दशमलव १३ अंकमा सीमित हुन पुगको छ ।

यसैगरी सुरुवाती कारोबार दिन आठ दशमलव ७८ अंकले बढेर चार सय ७७ दशमलव ८१ अंकमा सिमित हुुन पुुगेको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोबार दिनसम्म आईपुग्दा शुन्य दशमलव ७७ अंकले घटेर चार सय ७३ दशमलव चार अंकमा सिमित हुुन पुुगेको थियो ।

नेप्सेका अनुसार यो साता नेपाल पुर्नबीमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, एनसीसी बैंक आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल क्रेडिट एन्ड कर्मस बैंकलगायत कम्पनीहरुको बढी संख्यामा सेयर किनबेच भएका छन् ।

यसैगरी बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंकलगायत कम्पनीहरु अगाडि छन् । नेप्सेमा यो साता साता रुरु जलविद्युत कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको बोनस तथा साधारण सेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया