बुधबार, वैशाख १०, २०८२

लागुऔषधजस्तो देखिने पदार्थसहित दुईजना पक्राउ

नेपालखोज २०७८ वैशाख २७ गते १८:२२


सुर्खेत । लेकबेशी नगरपालिका-२ स्थित खहरे खोलाबाट ५ ग्राम ७ सय १० मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिका–१४ बस्ने २७ वर्षीय सुमन घर्ती र सोही नगरपालिका-१३ बस्ने ३० वर्षीय ईन्द्र बहादुर गुरुङ रहेका छन् ।

शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया