बहराइनका राजकुमारसहितको टोलीद्वारा सगरमाथाको सफल आरोहण
नेपालखोज
२०७८ वैशाख २८ गते १०:५८

काठमाडाैं । बहराइनका राजकुमारसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले बिहान सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।
बहराइनका राजकुमार खालिफा सहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेको थियो ।
आज कम्तीमा ३० जना विदेशीसहित ६५ जनाभन्दा धेरै सगरमाथाको शिखरमा पुगेका र थप विवरण आउन बाँकी रहेको सेभेन समिट प्रालिका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया