उपत्यकामा थप दुई साता निषेधाज्ञा, राष्ट्रिय आयोजनाबाहेक सबै निर्माण कार्य बन्द (भिडियोसहित)

काठमाडाैं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौँ,भक्तपुर र ललितपुर) मा कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी भएको निषेधाज्ञा दुई साता थप हुने भएको छ ।
अब उपत्यकामा आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा जारी हुने भएकाे हाे । थप भएको निषेधाज्ञामा अझै कडाइ गरिने भएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि दुई साता थप गर्दै आगामी जेठ १३ गतेसम्म जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको अवधिमा पार्टी प्यालेस तथा होटलमा विवाह, व्रतबन्धलगायतका भोज गर्न पूर्ण रोक लगाउँदै घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था भएको छ ।
बैठकले खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारीलगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरिएको जनाइएकाे छ ।
यस्तै सबै निर्माण कार्य पनि रोकिने भएका छन् । राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य रोक्ने निर्णय भएको हाे ।
प्रतिक्रिया