सलमान अभिनीत चलचित्र राधे डिसहोममा हेर्न पाइने
नेपालखोज
२०७८ वैशाख ३० गते १०:२७

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान अभिनीत बहुप्रतिक्षित चलचित्र राधे यही वैशाख ३० गते बिहीबार अर्थात (आज) देखि डिसहोम सिनेमाघर च्यानल नम्बर १०८ मा हेने सकिने भएको छ ।
प्रभु देवाले निर्देशन गरेको राधे चलचित्रमा सलमान खानका साथमा दिशा पटानी, रणदीप होडा रहेका छन् । यस चलचित्रको सिट्टी मार’ बोलको गीत अहिले चर्चामा छ ।
यो चलचित्र डिजिटल प्लेटफर्म र हल दुवैमा एकसाथ रिलिज हुँदै छ । राधे डिजिटल प्लेटफर्ममा रिलिज हुने सलमानको पहिलो चलचित्र बन्नेछ ।

सम्बन्धित
प्रतिक्रिया