प्रभुु इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १५ करोड ९८ लाख
नेपालखोज
२०७८ वैशाख ३० गते १३:०२

काठमाडाैं । प्रभुु इन्स्योरेन्स कम्पनीले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १५ करोड २२ लाख ९३ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुंजी एक अर्ब पाँच करोड ६२ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीको चालुु आवको तेस्रो त्रैमासमा प्रति सेयर आम्दानी १५ रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने दुुई सय १३ रुपैंयाँ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया