बुधबार, वैशाख १०, २०८२

नेपालमा पनि सुरु भयो ‘सेल्फीविथ डटर’ अभियान

नेपालखोज २०७८ वैशाख ३० गते १७:१९


काठमाडाैं । नेपालमा पनि सेल्फी विथ डटर अभियान सुरु भएको छ । आइतबार एक भर्चुअल कार्यक्रममार्फत नेपालमा सेल्फी विथ डटर अभियान सुरु गरिएको हो ।

लैगिंक समानताका लागि भारतका सुनिलजगं लानले सुरु गरेको अभियानले भारतमा धेरै ख्यातिप्राप्त गरेको थियो साथै सरकारको तर्फबाट पनि पर्याप्त मात्रामा सहयोग र हौसला प्राप्त गरेको थियो ।

महिला सशक्तिकरण तथा लैगिंक समानताको मूलमर्म बोकेको यो अभियान नेपालमा हिजोबाट औपचारिक रुपमा सुरु भएको छ । यो अभियान सेल्फीविथ डटर फाउन्डेसन, भारत र नेपाल इन्टरनेट फाउन्डेसनको सयंक्त रुपमा भर्चुअल कार्यक्रम आयोजना गरि नेपालमा यो अभियान सुरु गरिएको हो ।

वर्षा भण्डारीले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा प्रमुख आतिथीको रुपमा नेपालको तर्फबाट कक्षा आठमा अध्ययनरत सुश्री तजैना श्रेष्ठ र भारतको तर्फबाट कक्षा नौमा अध्ययनरत सुश्री अवनेशी श्रीमलको उपस्थिति रहेको थियो ।

यस अभियानमा नेपाल र भारतको तर्फबाट कम उमेरका युवती र महिलाहरुले आफ्ना भनाइहरु राखेका थिए । नेपाल इन्टरनेट फाउन्डेसनको तर्फबाट अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाऊपडि प्रथाहरु जस्तो माहिलालाई दमन गर्ने कार्यहरु भईरहँदा यो नयाँअभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने बताए ।

नेपालको तर्फबाट आरोही पौडेल, लिपासा श्रेष्ठ, प्रकृति ढंगेल, ईशा श्रेष्ठ, सुधाजोशी, मेरिन राई, रम्भा श्रेष्ठले नेपालमा पनि महिलाहरुले घरेलु हिंसा भोग्नु परिरेहको र झन महामारीको समयमा धेरै नै भोग्नु परेको तथ्यहरु प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा बाल तथा महिला बलात्कार, एसिड आक्रमण, आत्महत्याका घटना, महिनावारी विभेदका विभिन्न विषयहरुमा प्रस्तुतगरिएको थियो ।

सेल्फीविथ डटर अभियानले छोरीहरुको मुहारमा मुस्कान थप्नुको साथै महिलामा हुने भेदभाव, लैगिंक असमानता जस्तो व्यवहारमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

कार्यक्रममा अतिथिको रुपमा सहभागीपूर्व विज्ञानतथा सञ्चार मन्त्री गणेश शाहले यो अभियानलाई आफ्नो तर्फबाट पूर्णरुपले सहयोग गर्ने र यसलाई ग्लर्स तथाप्यारेन्ट इन आइसिटीसँग पनि जोडेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

यस्तै प्रस्तुतीहरुको क्रममा कल्पना श्रेष्ठले नेपाल इन्टरनेट फाउन्डेसनको नेतृत्वमा सञ्चालन गरिएको सेल्फीविथ डटर अभियानले समाजमा सकारात्मक सोच ल्याँउछ भन्दै ‘बेस्ट सेल्फी टाइटल’ को विषयमा पनि घोषणा गरिन ।

यो अभियानले सुरु गरेको प्रतियोगिता हो जसमा हर कोही नेपालीले आफ्नो छोरीसँग सेल्फीखिचेर सहभागिता जनाउन सक्नेछन् । यो अभियानको प्रतियोगिता हिजो अन्तराष्ट्रिय मातृ दिवसको अवसरमा सुरु गरिएको हो र यसमा सहभागी भएका सेल्फीहरुलाई प्रथम, दोस्रो र तेस्रो श्रेणीमा विभाजित गरेर पुरस्कृत पनि गरिने छ ।

यस प्रतियोगितामा प्रथम हुनेले सिल्ड, सेल्फीविथ डटरको सर्टिफिकेट सहित २१,००० रुपैयाँ नगद पाउने छन् । त्यस्तै दोस्रो स्थान हासिल गर्न सफलभएको सेल्फीले सिल्ड, सेल्फीविथ डटरको सर्टिफिकेट सहित ११,००० रुपैयाँ नगद पाउने छ ।

तेस्रो हुनेले सेल्फीविथ डटरको सर्टिफिकेट सहित ५१,०० रुपैयाँ नगद पाउनेछन् । ‘बेस्ट सेल्फीविथ डटर’ टाइटल नेपालको तर्फबाट ३ ओटा र भारतको तर्फबाट ३ ओटा राम्रो सेल्फीलाई प्रदानगरिने आयोजकले जनाएको छ ।

यहीसँगै सबैभन्दा सक्रिय भोलेन्टियरलाई यो वर्षभरी नेपालको लागि‘एम्बासेडर फर सेल्फीविथ डटर’ अभियानमा छनौट गरिनेछ । भारतको हरियाणा बीबीपुरबाट सुनिल जंग लानाद्वारा सुरु गरेको यो अभियानअहिले विभिन्न देशहरुमा प्रख्यात भईरहेको छ ।

यस अभियानमा सहभागीहुनकालागिआआफ्नो छोरीसँगहाँस्दै गरेको सेल्फीखिचेर सामाजिक सञ्जालमा ह्यासट्याग ३कभािष्भधष्तजमबगनजतभच सेल्फीविथ डटर भनेर हाल्नु पर्न छ । त्यस्तै सेल्फीविथ डटर डट आईएनपोर्टलमा पनि हाल्न सकिन्छ वा ह्वाटसएपमा ९८०१००००४४ मा पठाउन सकिन्छ ।

प्रतिक्रिया