लागुऔषध बोकेर मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका दुईजना पक्राउ
नेपालखोज
२०७८ वैशाख ३१ गते ७:५२

कञ्चनपुर । सशस्त्र प्रहरीले प्रतिबन्धीत लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्रेको छ ।
बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट भीमदत्त नगरपालिका–६ ऐठपुरका वर्ष ३० का असोक सुनार र सोही ठाउँका वर्ष २० का केशव चन्दलाई पक्रेको हो ।
उनीहरुको साथबाट ८ दशमलव ६९० ग्राम खैरो हिरोइन बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।
भारतबाट से४प ७५२७ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्लामा एक हप्तामै सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरी लागु औषधसहित आठ जनालाई पक्राउ गरी सकेको छ ।
सम्बन्धित
प्रतिक्रिया