सुदूरपश्चिममा कोरोना : पाँच दिनमा १०९ जनाको मृत्यु
नेपालखोज
२०७८ जेठ २ गते ९:२८

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण एक महिनाको अवधिमा २५९ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका सङ्क्रमितको मृत्यु भएको हो ।
पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट १०९ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशक डा गुणराज विष्टले जानकारी दिए ।
कोरोना भाइरस शुरु भएदेखि हालसम्म यस प्रदेशमा ३१७ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनुपरेको स्वाथ्यकर्मीको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया