बुधबार, वैशाख १०, २०८२

२० अंकले नेप्से बढ्दा नौ अर्ब ५७ करोडको सेयर किनबेच

नेपालखोज २०७८ जेठ ३ गते १५:४६

काठमाडौं । नेप्सेको उच्च वृद्धिदरले साताको दोस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ५४ दशमलव २१ अंकले बढेको नेप्सेका आज २० दशमलव ७१ अंकले बढेर २७ सय ५९ दशमलव २१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४५ अंकले बढेर चार सय ९२ दशमलव ५८ अंकमा पुगेको छ ।

दुई सय १८ वटा कम्पनीको एक लाख एक हजार नौ सय १८ पटकको कारोबारमा एक करोड ९० लाख ५६ हजार दुई सय ३६ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम नौ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा तीनवटा समूहको सूचक घटेका छन् बाँकी समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव तीन अंकले बढेर १८ सय २१ दशमलव ८८ अंकमा पुगेकामा निर्जीवन बिमा समूहको सूचक पनि ३९ दशमलव नौ अंकले बढेर १४ हजार दुई सय ८१ दशमलव ५६ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय १८ दशमलव ३९ अंकले बढेर १८ हजार ३६ दशमलव २७ अंकमा पुग्दा जलविद्युत्, ट्रेडिङ, फाइनान्स, अन्य, लघुवित्त, सामूहिक लगानी कोष शून्य दशमलव १४ अंकले बढेका छन् । होटेल तथा पर्यटन समूहको सूचक भने १२ दशमलव ७९ अंकले घटेर तीन हजार दुई सय ५६ दशमलव ४१ अंकमा झरेकामा विकास बैंक र उत्पादनमूलक समूहको सूचक पनि घटेका छन् ।

आज रुरु जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर नौ सय ६८ रुपैयाँमा कारोबार हुँदा नेपाल बंगलादेश बैंकको ऋणपत्रको प्रतिकित्ता सेयर मूल्य एक दशमलव ९४ प्रतिशतले घटेर एक हजार ६० रुपैयाँमा कारोबार भएको छ । आज नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १६ सय ४३ रुपैयाँ अन्तिम मूल्यमा ६६ करोड एक लाख ८१ हजार ६ सय ८७ रुपैयाँको सेयर सेयर किनबेच भएको छ ।

प्रतिक्रिया