बुधबार, वैशाख १०, २०८२

नेप्से ३४ अंकले बढेर २८ सय नजिक पुग्यो

नेपालखोज २०७८ जेठ ४ गते १५:४५


काठमाडौं । नेप्सेले दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन २७ दशमलव ७१ अंकले बढेर २७ सय ५९ अंकको उच्च रेकर्ड बनाएको नेप्सेले साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन: ३४ दशमलव ६८ अंकले बढेर २७ सय ९३ दशमलव ८९ अंकको नयाँ रेकर्ड बनाएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्सले पनि चार दशमलव ६४ अंकले बढेर चार सय ९७ दशमलव २२ अंकको नयाँ रेकर्ड बनाएको छ । दुुई सय १५ वटा कम्पनीको एक लाख १५ हजार नौ सय ६१ पटकको कारोबारमा दुई करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर खरिद-बिक्री हुँदा कुुल कारोबार रकम ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा उत्पादनमूलक समूहको सूचक घटे पनि बाँकी समूहको सूचक उच्च अंकले बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ७१ अंकले बढेर १८ सय २६ दशमलव ७८ अंकमा पुगेकामा निर्जीवन बिमा समूहको सूचक पनि ८१ दशमलव सात अंकले बढेर १४ हजार तीन सय ६२ दशमलव ६४ अंकमा पुगेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि दुई सय चार दशमलव १४ अंकले बढेर १८ हजार दुई सय ४० दशमलव ४० अंकमा पुग्दा विकास बैंक, जलविद्युत्, लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि उच्च अंंकले बढेका छन् ।

आज घलेम्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ३१ रुपैयाँमा कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य दुई दशमलव नौ प्रतिशतले घटेर तीन सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

आज एकै दिन नेपाल पुनर्बिमा कम्पनीको प्रतिकित्ता १६ सय ९१ रुपैयाँ अन्तिम मूल्यमा ६७ करोड आठ लाख ७१ हजार ९६ रुपैयाँको कारोबार भएको छ । नेपाल पुनर्बिमाको यो रकम आज भएका कम्पनीमध्येको सबैभन्दा बढी हो ।

प्रतिक्रिया