बुधबार, वैशाख १०, २०८२

प्रभु सेलेक्ट फन्डको एकाइ पहिलो दिनमै ५६ प्रतिशत बिक्यो

नेपालखोज २०७८ जेठ ५ गते १८:१७

काठमाडौं । आज (जेठ ५ गते) बाट निष्कासन भएको प्रभु सेलेक्ट फन्डको एकाइमा पहिलो दिनमै ५६ प्रतिशतभन्दा बढी आवेदन परेको छ ।

१७ हजार ९ सय ७२ लगानीकर्ताबाट ४१ करोड १४ लाख ८३ हजार ७ सय रकमबराबरको ४ करोड ११ लाख ४८ हजार ३ सय ७० एकाइ खरिदका लागि आवेदन परेको प्रभु क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले आजदेखि प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा एक अर्बबराबरको १० करोड एकाइ म्युचुअल फन्ड बिक्रीमा ल्याएको हो ।

यो फन्डले १५ प्रतिशत एकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख एकाइ सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख एकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो फन्डमा लगानीकर्ताले न्यूनतम १०० एकाइदेखि अधिकतम एक करोड एकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ । एकाइ खरिदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म छ ।

प्रतिक्रिया