भन्सार एजेन्ट छनौटको लिखित परीक्षा स्थगित
नेपालखोज
२०७८ जेठ ७ गते ९:३१

काठमाडौं । भन्सार विभाग काठमाडौंले कोभिड १९ का कारण यसअघि तय भएको भन्सार एजेन्ट छनौटको लिखित परीक्षा स्थगित गरेकाे छ ।
आज एक सुुचना जारी गर्दै विभागले जेठ २२ गते तोकिएको परीक्षा स्थगित भएको जनाएको हो ।
अब यो परीक्षासम्बन्धी सुचना परीक्षा हुनुभन्दा १५ दिन अघि गोरखापत्र राष्ट्रिय दैनिक र यही विभागको साइटमा हेर्न सकिने जनाइएको छ ।

सम्बन्धित
प्रतिक्रिया