माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य मगरको कोरोनाले मृत्यु
नेपालखोज
२०७८ जेठ ७ गते १०:२३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको मृत्यु भएको छ ।
घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा मृत्युु भएको नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटी सदस्य मानसिंह विकले जानकारी दिए ।
कोरोना सङ्क्रमणपछि उनलाई गत जेष्ठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो । रोल्पा अस्पतालमा उपचार सम्भव नभएपछि जेठ ६ गते दाङ बेलझुण्डीस्थित कोरोना अस्पतालमा सिफारिश गरिएको थियो ।
यससँगै रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया