खुल्यो प्रभु बैंकको ऋणपत्र, न्यूनतम २५ देखि १ लाख एकाइसम्म आवेदन दिन पाइने
नेपालखोज
२०७८ जेठ ११ गते ११:५३

काठमाडौं । प्रभु बैंकले आज (जेठ ११ गते) देखि ४ अर्ब रुपैयाँबराबरको ४० लाख एकाइ ऋणपत्र (डिबेन्चर) निष्कासन तथा बिक्री खुला गरेको छ ।
‘प्रभु बैंक डिबेन्चर २०८७’ मा वार्षिक ८.५ प्रतिशत ब्याज पाइनेछ । ऋणपत्रमा छिटोमा जेठ १६ सम्म र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिन्छ ।
ऋणपत्रमा न्यूनतम २५ एकाइदेखि अधिकतम १० लाख एकाइसम्म आवेदन दिन सकिने बताइएको छ । ४० लाखमध्ये २४ लाख एकाइ बैंकले आफ्नै पहलमा बेच्नेछ ।
२५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड भइसकेको छ । बाँकी १६ लाख ७७ हजार ५ सय कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । ऋणपत्रको बिक्री प्रबन्धकमा मेगा क्यापिटल छ ।
सम्बन्धित
प्रतिक्रिया