बुधबार, वैशाख १०, २०८२

‘संकट व्यवस्थापनमा सरकार असफल भयाे’ (भिडियोसहित)

नेपालखोज २०७८ जेठ १४ गते ११:४८


काठमाडाैं । संकट व्यवस्थापन विज्ञ डाक्टर राम थपलियाले कोरोना महामारीले निम्त्याएको संकट व्यवस्थापन गर्न सरकार असफल भएको बताए ।

कोरोना महामारी रोक्न बहुमपक्षीय र बहुसरोकारवाला व्यवस्थापन रणनीति अपनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढेको बताएका हुन् ।

डा. थपलियाले संकट व्यवस्थापनको लागि राजनैतिक नेतृत्वमा एकदलको र एक व्यक्ति हावी हुँदा संकट गहिरिदै गएको बताए । यो संकट समाधान प्रभावकारी ढंगले हुन नसक्दा जनमानस र आर्थिक क्षेत्रमा नकारात्मक असर पर्न थालेको बताए ।

संकट व्यवस्थापनको लागि आवश्यक शासकीय संरचनामा परिवर्तन गर्न नसके नेपालले कोरोना महामारीबाट छुटकारा पाउन अझै केही बर्ष लाग्ने बताए । संकटको यो अवस्थाले राजनैतिक अस्थिरता र अराजकता निम्त्याउन सक्ने खतरा रहेको पनि उनले बताए ।

प्रतिक्रिया