शनिबारका दिन बिर्सेर पनि खानु हुँदैन यस्ता कुरा !

शनिदेवलाई सबैभन्दा क्रूर ग्रहमध्ये एक मानिन्छ । त्यसैले शनिदेवको नाम सुन्ने बित्तिकै मानिस डराउने गर्छन् । शनिदेवको साढेसाती शुरु हुने कुराले मात्रै पनि मानिस डराउने गर्दछन् । यदि तपाईको राशिमा शनिदेवको साढेसाती चलि रहेको छ या शुरु भयो भने सतर्क रहनु पर्दछ । सबैभन्दा पहिला त यो जान्न आवश्यक हुन्छ कि शनिबारका दिन कुन कुरा खान उचित हुँदैन् ।
१. शनिवारका दिन दूध या दही खानु छ भने त्यसमा बेसार या गुड मिसाएर खानु पर्दछ । तर सादा भने खानु हुँदैन् ।
२. आजका दिन अमिलो खाने कुराहरु खानु हुँदैन् । आज अचार खानबाट बचौं ।
३. शनिबारका दिन चना, मुंग खान सकिन्छ । तर मसुरोको दाल भने नखानु नै उचित हुन्छ ।
४. आजका दिन मदिरा सेवनबाट पनि टाढा रहनु पर्छ ।
५. आजका दिन तोरीको तेल खानुबाट पनि बच्नु पर्दछ । शनिबारका दिन शनिदेवलाई तेल चढाउनु पर्दछ । तेलको दियो लगाउनु पर्दछ ।
प्रतिक्रिया