लकडाउन झन् कडा भएपछि के गर्दै छन् कलाकार तथा संगीतकर्मी

अहिले लकडाउन अझ कडा भएको छ । यस्तो स्थितिमा घर बसिबसि के सोचिरहनु भएको छ ?

चाँडै परिस्थितिमा सुधार आवोस ईश्वरसँग यही प्रार्थना गरिरहेकी छु । अनि सोचिरहेकी छु – एउटा सामान्य जीवन बाँच्न पाउनु पनि वरदान नै रहेछ ।

संगीतकार
अहिले यो अवस्थामा सबै भन्दा बढी सोच्ने कुरा भनेको कहिले पहिलेको जस्तो होला ? अब फेरि पहिलेकै जसरी निस्फिक्री भएर हिँडडुल गर्न पाइएला की नपाईएला ? भन्ने हो । अब फेरी कुन रुपमा यो कोरोना आउने हो र त्यसले फेरी कस्तो प्रभाब पार्ने हो ? अब आउँदा दिनहरुमा कोरोना पनि चल्दै जान्छ हामी पनि यो सँगै कसरी आफ्नो काम गर्दै कसरि अघि बढन सक्छौ ? भन्ने कुराहरुनै बढी खेल्छन् मनमा ।

मैले त सोच्ने समयनै पाएको छैन । किनभने बिहान ६:३० बजे उठे पछि किनमेल, अनि घर फर्केर चिया बनाएर सबै लाई दिने, त्यस पछि सम्झनाले पकाएको खाना खाइ भाडा माझने आफ्नो जिम्मेवारी पूरा गरेर किताब पढ्ने, २:३० बजे सबैलाइ चिया खाजा दिए पछि, सुचना बिभाग बाट पाएको प्रेस पास को सदुपयोग गर्न आवश्यक परेकाहरुलाइ गाडीबाट अस्पताल आउ-जाउमा सहयोग गर्ने , केही तस्बिर खिच्ने र बेलुकी ६ बजे आफ्नो कोलोनिको आँगनमा भौतिक दुरि राख्दै सामान्य हिडडुल गरि ब्याडमिन्टन खेले पश्चात् रातीको खाना खाएर फेरि भाडा माझे पश्चात् गुर्जो चिया सबै लाई दिए पछि शुभ रात्री भन्ने । अब के सोच्न समय भ्याउनु ?

अहिलेको समय परिवार र बच्चासँगै बितिरहेको छ । मेरो दिमाखमा बेलाबेलामा आइरहने कुरा यो लकडाउन फेरी नआइिदएको भए मेरो दुईवटा फिल्म रिलिज हुने थिए । अब कहिले हो कहिले जस्तो भएको छ । राजनीतिक नेताहरु किन कोरोना रोकथाममा नजुटेर जनताको नजरमा नकारात्मक पात्र देखिन तम्सिएका हुन् ? अचम्म लागेको छ ।

सोची रहेको छु ती दैनिकी मजदूरी गरेर खानेहरू के खाई रहेका होलान ? उनिहरूका लागि मैले के गर्न सक्छु ? बिशेषत: यसमा लागेकाहरुलाई केही सहयोग गरौं । अनि आफू बाट हुनसक्ने अरु सहयोग के हाेला ?

केही नाई , लकडाउन जति बढ्दै गाइरहेको छ दिमाग त्यति डाउन हुँदै गएको छ।

छोरीसँग समय बिताईरहको छु । ५ वर्षको छोरी प्रविष्टिसँग बस्दा आफु पनि सानै भईने रहेछ । एक खालको सिकाई हुन्छ र आनन्द लाग्छ । समय पनि फुत्तै जान्छ । त्यसबाहेक २ वटा पुस्तक पालै पालै पढिरहेको यो हप्ता त्यसै लाई निरन्तरता दिने सोच छ । म चलचित्र प्रेमी हु । संसार भरिका विभिन्न भाषाका चलचित्र भेटाएसम्म हेरिबस्छु । नयाँ केहि फुरेको छैन । मुड भयो भने रेकर्ड नभएका आफ्नै पुराना गित र स्क्रिप्ट फेरी सुन्छु हेर्छु र थपघट गर्छु ।

दिमागले केही सोच्न भ्याइरहेको छैन, लगभग शून्य छ स्थिति। यद्यपि जीवन हो जसो तसो चल्नै पर्यो। आउने दिन आफूलाइ कसरी बलियो बनाएर अघि बढाउने भन्ने कुरा खेलिरहेको छ मनमा ।

कडा लकडाउन बिच कसरी समाजलाई गीत, संगीतमय बनाई स्वास्थ मनोरञ्जन दिलाउन सकिन्छ भन्ने सोचमा छु। राजनीतिक नेताहरूको देशद्रोही व्यबहारप्रति भने साह्रै रिस उठेको छ। कुनै समाधान छ कि भनेर पनि सोचिरहेको हुन्छु।

यो महामारी अहिले यस्तो बिकराल रुपमा चलिरहेको छ कि लकडाउन कडा हुन जरुरी पनि छ तर महामारीसँगै भोकमरी पनि आउन सक्ने भएकोले चिन्ताजनक अवस्था छ । म त केही सोच्नै सकिरहेको छैन मेरो परिवारका केही सदस्य पनि कोरोना संक्रमित हुनुहुन्छ । आजभोली फेसबुक खोल्न पनि डर लाग्छ यति धेरै श्रद्धान्जली आउँछ कि अचेल कसैले कसैलाइ जन्मदिनको शुभकामना विस् गरेको देख्दा पनि क्याप्सन नपढ्दै हात काम्न थाल्छ । हरेक दिन यहि सोचिन्छ कि कहिले सम्म हो यस्तो ?

यो कडा लकडाउन कहिले नरम होला भनेर सोचिरहेछु ।

अब के हुन्छ कति दिन बन्द हुन्छ ? कति मानिसहरु भोकै होलान ? तिनिहरुका लागि केही गर्न पाए हुन्थ्यो । एक किसिमको निरिह जस्तो हुन्छु । केही गर्न जाँगर पनि आउँदैन । कति चिनेजानेको आफन्तहरु बिते कति हस्पिटलमा छन् ।यस्तो समयमा राम्रो अनि नयाँ सिर्जनात्मक कुरा पनि दिमागमा आउँदैन रहेछ । डर अनि अत्यास ले मानिस आत्तिदो रहेछ ।

यो कोरोना कहिले भाग्ला ? आम मानिसको जिवन यापन सहज होस । यस्तै यस्तै सोच्छु अर्को एउटा कुरा पनि सोच्छु यो ठुलो रोग कुनै ठुला नेतालाई किन सर्दैन ?

घरमै बसि सम्पूर्ण नेपालीका लागि यो महामारीको सोकबाट चाडै मुक्त भइ नयाँ गन्तब्य तथा उज्वल भविष्यको प्राथना गर्दछु ।

कहिले सबैजनाले भ्याक्सिन लगाउने र पहिले जस्तै खुलेर जिउन पाउने होला भनेर सोचेर बस्छु ।

लकडाउन अझ कडा भएको यो समयमा एकातिर देशको राजनिति अझ जटिल हुदै जानु अर्को तिर कोरोनाको महामारीले क्षतबिक्षत नेपालीहरुको भविष्य के होला भन्ने चिन्ताले सताइरहेको छ । फेशनको दुनियामा व्यवसायिक भएर काम गरेको झन्डै १२-१३ बर्ष भइ सक्यो । तर यस पटकको लकडाउनले हाम्रो क्षेत्रको भविष्य पनि अन्धकारमै रुमल्लिरहेको देखिरहेकी छु । नजिकका आफन्त , साथिभाई लगायत अरु धेरै नेपालीले कोरोनाका कारण ज्यान गुमाएको यो अवस्थामा हाम्रो हृदय र मनस्थिति मा ठुलो घात पुर्याइरहेको छ । अहिलेको समय सबै सुरक्षित र स्वस्थ्य रहुन् , भगवान सँग यहि प्रार्थना गरिरहन्छु ।

छिटो यो कोरोनाको महामारि बाट मुक्ति पाउन पाए हुने थियो । सबैले आफ्नो दैनिक जीवन पहिले कै जस्तो सहज रुपमा बिताइ आफ्नो काममा फर्किन पाए हुन्थ्यो । मानिसहरु कोरोनाको यो महामारीमा पनि पिडितहरुको सहयोगमा खटिएको देख्दा खुसी लाग्छ भने देशको राजनितीमा देखिने सधैको झगडा , कोभिड भन्दा सत्ता अनि जनताको सुरक्षा भन्दा कुर्सीलाई प्राथमिकता दिएको देख्दा दिक्क लाग्छ ।

कलाकार भएकाले लकडाउन नहुँदा पनि महिनौं एकै ठाउँमा बसेर चित्र बनाउने बानी थियो । अघिल्लो लकडाउन पनि नयाँ कला सिर्जना गर्दै बिताएँ । सिर्जनशीलतामा त कमी आएको छैन, तर कलाको भविष्य के होला भनेर सोचिरहेकी हुन्छु । वास्तवमा अहिलेको बुझ्न नसक्ने परिस्थितिमा अब त सोच नै शुन्य होला जस्तो भइसक्यो ।

लकडाउन जति कडा भएपनि मन कडा हुनुभएन । यो बेला लकडाउन छ भन्ने सोच्ने नै होइन । परिवारसँग समय बिताउने, सकारात्मक कुरा गर्ने, बच्चाहरुलाई समय दिएर घरको काम सिकाउने हो । व्यस्त हुँदा गर्न चाहेर पनि नगरेको काम गर्ने हो ।

केही दिन निकै व्यस्त भइयो । यस्तो भयावह स्थिति आउँछ भनेर हामी कसैले सोचेको थिएनौं । कति राति साथी भाइको कलले सुत्न पाइएन । आइसीयू, अक्सिजन,भेन्टिलेटर, रगत, प्लाज्म मिलाउदै सुत्न पाइएन । सपना होकी विपना हो जस्तो लाग्थ्यो । भगवानकफ कृपाले स्थिति केही नियन्त्रणा आएको छ । अरु खास केही सोच्ने भन्दा एक्सनमै व्यस्त छु ।

हेर्नुस मरेर लग्नु के छ र ? भोलि जे हुन्छ म त्यो सहुँला तर हे मेरो सरकार , मेरा नेपालि दाजु – भाई , दिदि – बहिनि, आमा- बुबा कोही भोकै नरहुन् |
प्रतिक्रिया