बुधबार, वैशाख १०, २०८२

आफैँले चलाएको ट्रयाक्टरले थिचेर मृत्यु

नेपालखोज २०७८ जेठ १९ गते ७:३०

तनहुँ । आफैँले चलाएको ट्रयाक्टरले थिचेर ऋषिङ गाउँपालिका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक घर भएका २८ वर्षीय भीमबहादुर थापा छन् ।

व्यास नगरपालिका–५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई मंगलबार साँझ सडकबाट करीब ४० मीटर खसेको थियो । त्यहि दुर्घटनामा परि थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् ।

शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा लगिएको थियो । ट्रयाक्टर क्रेनका माध्यमबाट बाहिर निकालिएको बताइएको छ ।

प्रतिक्रिया