महाकाली अस्पताललाई पनि प्रादेशिक अस्पताल बनाउने प्रकृया सुरु
नेपालखोज
२०७८ जेठ २२ गते ८:०५

कैलाली । महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रकृया सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले गत साता यो अस्पताललाई पनि प्रादेशिक अस्पताल बनाउने निर्णय गरेसँगै त्यसका लागि प्रकृया अघि वढाइएको हो ।
प्रादेशिक अस्पताल बनेसँगै सेती अस्पतालझै सेवा सुविधा विस्तार, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार निर्माणलगायतका कार्य हुने बताइएको छ । यससँगै सुदूरपश्चिममा प्रादेशिक अस्पतालको संख्या दुई पुग्ने भएको छ ।
यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत ल्याइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया