बुधबार, वैशाख १०, २०८२

विश्व वातावरण दिवसमा व्यस्त अभियन्ता, देशैभर वृक्षरोपण गरिँदै (फोटो फिचर)

नेपालखोज २०७८ जेठ २२ गते १०:५४

काठमाडौं । आज विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा वातावरण जोगाउनुपर्छ भन्ने अभियान चलाइरहेका अभियन्ताहरु व्यस्त पनि छन् । उनीहरुले विभिन्न स्थानमा वृक्षरोपणका लागि आह्वान गर्नुका साथै आफैं वृक्षरोपणमा सरिक बनेका छन् ।

यसै क्रममा वातावरण तथा सरसफाइ अभियन्ता चक्रबहादुर चन्दको पहलमा काठमाडौंको यूएन पार्कमा वृक्षरोपण गरिएको छ । उक्त वृक्षरोपणमा चन्दसँगै कलाकारहरुको पनि उपस्थिति थियो । ‘कलाकार तथा निर्देशक दीपाश्री निरौला, अभिनेता पल शाहलगायतका व्यक्तिहरु वृक्षरोपणमा सरिक हुनुभयो,’ अभियन्ता चन्दले नेपालखोजलाई भने, ‘अहिले हामीले वातावरण जोगाउन सकेनौं भने सन्ततिलाई गाह्रो हुन्छ । त्यसैले सबैजना वातावरण जोगाउन जुट्नुहोस् । हामी पनि अभियानमा जुटिसक्यौं ।’ उनले आफूलाई पायक पर्ने स्थानमा बिरुवा रोपणका लागि आह्‍वानसमेत गरेका छन् ।

यस्तै गोदावरीमा अभिनेत्री करिष्मा मानन्धरले वृक्षरोपणका साथै फूलका बिरुवाहरुमा पानी हालेर वातावरण दिवस मनाएको जनाएकी छन् । उनले सामाजिक सन्जाल फेसबुकमा समेत आफूले वातावरण दिवसमा वृक्षरोपण गरेको तस्बिरहरु सेयर गरेकी छन् ।

यसैबीच वातावरण दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् ।

सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि यो दिवसकले थप उत्प्रेरणा दिने विश्वास उनको छ ।

संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको हो ।

गोदावरीमा अभिनेत्री मानन्धर तथा यूएन पार्कमा अभियन्ता चन्दको पहलमा भएका वृक्षरोपणका थप तस्बिरहरु :

May be an image of standing and outdoorsMay be an image of one or more people, people standing, grass and treeNo photo description available.May be an image of one or more people, people standing, tree and outdoorsMay be an image of one or more people, people standing and outdoors

प्रतिक्रिया