कर्णाली प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित
नेपालखोज
२०७८ जेठ २४ गते १९:५४

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित भएको छ । बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो ।
एमालेले फौजदारी अभियोगमा सजाय पाएका मन्त्रीलाई पदबाट बर्खास्त गरेपछि मात्रै बैठक चल्न दिने भन्दै दोस्रो पटक बसेको बैठक फेरि रोकिएपछि स्थगित गरिएको हो ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा अदालतबाट फौजदारी मुद्दा पुष्टि भएर सजाए पाएका व्यक्ति भएकाले सरकारले तत्काल बर्खास्त गर्न एमालेले माग गरेको हो ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकाले त्यो नसच्चाएसम्म सदन चल्न नदिने बताए।
सम्बन्धित
प्रतिक्रिया