आइतबार, वैशाख ७, २०८२

विश्वासको मत लिँदै भट्ट

नेपालखोज २०७८ जेठ २५ गते ९:०६

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आन (मंगलबार) प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार दर्ता भएअनुसार प्रदेश सरकारले सोही दिन विश्वासको मत लिन खोजे पनि नेपाली कांग्रेसले विरोधपछि विश्वासको मत लिने कार्य आज (मंगलबार) का लागि सरेको कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले जानकारी दिए ।

सुदूरपश्चिममा नेकपा (एमाले) को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो । प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो ।

प्रतिक्रिया