एकैपटकमा दश सन्तान, बन्यो नयाँ विश्व रेकर्ड
नेपालखोज
२०७८ जेठ २६ गते १६:५६

काठमाडौं । दक्षिण अफ्रिकामा एक महिलाले एक साथ दश सन्तानलाई जन्म दिएकी छन् । चिकित्सकहरुले आधिकारिक पुष्टि गरेसँगै यसले विश्व रेकर्ड कायम गरेको छ । केही अघि मात्रै मालीकी एक महिलाले मोरक्कोमा नौ शिशुलाई जन्म दिएकी थिइन् । खबरअनुसार अहिले दक्षिण अफ्रिकी महिला गोसिअमे थमारा सितोले (३७) ले एकै पटकमा दश सन्तान जन्माएकी छिन जसमध्ये सात बालक तथा तीन बालिका छन् ।
सितोलेका पति टेबोगो त्सोतेत्सीका अनुसार ७ जुनमा प्रिटोरियास्थित एक हस्पिटलमा सितोलेको शल्यक्रियामार्फत शिशु निकालिएको थियो । भनिन्छ चिकित्सकहरूले सुरुमा टेबोगोलाई उनकी पत्नीको पेटमा ६ वटा शिशु भएको बताएका थिए । केहीपछि शिशुको संख्या आठवटाभएको जानकारी दिइएको थियो । यद्यपि शिशुको जन्म हुँदा संख्या भने १० पुगेको थियो । यो अफ्रिकी दम्पतीका ६ वर्षका जुम्ल्याहा सन्तान पहिलेदेखि छन् ।
सम्बन्धित
प्रतिक्रिया